मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बारामा दुई लाख बढी रुपैंयासहित ७ जना जुवाडे पक्राउ

शनिबार, ३१ साउन २०७७, २१ : ३८
शनिबार, ३१ साउन २०७७

बारा। बाराको जितपुर सिमरा उमहानगपालिका २ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गरेको सगुन होटेलमा प्रहरीले शनिवार सांझ  छापामारी गरेको छ । 

उक्त होटलमा छापामारेपछि लाखौं नगद सहित ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा होटेलको तेस्रो तल्लाको कोठा न २०५ मा  ईप्रका सिमराका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको नेतृत्वको टोलीले छापा मारेको थियो ।

उक्त स्थानबाट २ लाख १९ हजार ५०० रुपैया नगद, १६ थान कौडा र ७ जना जुवाड्व पक्राउ परेका बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए ।

पक्राउ पर्नेमा जितपुर १५ को ५१ वर्षीय  मानबहादुर लोपचन, सोही ठाउँका मान बहादुर गुरुङ, वडा १ का ताराबहादुर श्रेष्ठ ,  परवानिपुर गाउँपालिका ८ का जयराम दास, कलैया २ का बिनोद यादव , सल्यान बाढिमलिका नगरपालिका ८ का भुवन चन्द, सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ७ का पदम नेवार पक्राउ रहेका छन् ।

पक्राउ परेका सबै जना ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप