हुम्लाको ताजाकोटामा पहिरोको जोखिम : २० घर परिवारलाई सुरक्षित ठाउँमा सारियो
काठमाडौं । हुम्लाको ताजाकोट गाउँपालिका २ मा पहिरोको जोखिम रहेका २० घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
केही दिनको अविरल वर्षाका कारण पहिरोको जोखिमा बढेपछि २० घर परिवार रहेको बस्ती नै सारिएको हो । यस्तै वर्षाका कारण उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ ।
अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुलाई आइतबार प्रदेश सरकारले खाद्यान्न र टेन्टको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बस्तोलाले जानकारी दिए ।
दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा सुरक्षित स्थानमा सारिने लागिएको उनको भनाइ छ । मानवीय क्षति अहिलेसम्म नभएको पनि क्षति हुनबाट जोगाउन सबै पक्ष जुट्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा