मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा

शनिबार, ३१ साउन २०७७, २० : ५७
शनिबार, ३१ साउन २०७७

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उनीहरुको क्रियाशीलताले पार्टी चल्ने बताए ।
 
“पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उनले भने । 

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका  नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिए ।


बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।” नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उहाँले कोही पनि विचलित नहुन आग्रह गरे ।
 
नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गरे ।

“भारतसँग वार्ता शुरु भएको छ, हामी ढुक्क छौँ, राजनीतिक तवरले भूमि फिर्ता हुनेतर्फ सबै विश्वस्त बन्नुपर्छ”, उन भने। अबको विकासले जनताको जीवनमा सकारात्मक प्रभाव हुनुपर्ने उनले बताए ।

नेता बाँस्कोटाले संसारको सबै देश आफ्नो प्राकृतिक स्रोतसाधन तथा सीपले समृद्ध बनेको उल्लेख गर्दै नेपालले पनि सोही अनुशरण गर्दै विकासको सही दिशा पक्रेको दाबी गरे । उनले भने, “अब युवाका लागि आफ्नै देशमा सीप र रोजगारी सिर्जना गर्दै जानुपर्दछ ।” उनले सरकारले विकासको आधार तय गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा दत्तचित्त रहेको बताए ।

नेता बाँस्कोटाले अहिले केही गर्न नसकेको भनेर आलोचना गर्नेलाई सञ्चालन भइहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको दाबीसमेत गरे  । उहाँले सो अवसरमा नेपाली काँग्रेस पनौती नगर समितिमा आबद्ध क्रियाशील पार्टी सदस्य परित्याग गरी नेकपामा प्रवेश गर्ने १०४ जनालाई पार्टीको सदस्यता प्रदान गरे ।
 
कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईँ, पनौती नपाप्रमुख एवं नेकपा नेता भीमप्रसाद न्यौपाने, नगर उपप्रमुख गीता बञ्जारा, नेकपाका नेताहरु कुमार थापा, सुरेश हुमागाईँ र दैवलाल घिसिङ, विपिन लामालगायतले पार्टी सुदृढीकरण गर्दै एकतालाई सार्थकता दिन महाधिवेशनअगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप