मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा ‘हल्ट प्राइज’ हुने

शनिबार, ३१ साउन २०७७, २० : ३८
शनिबार, ३१ साउन २०७७

काठमाडौं । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययनरत विद्यार्थी प्रमोद अर्याल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट भएसँगै त्रिविका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको हो ।

बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् ।

विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले १० लाख अमेरिकी डलर जित्न सक्ने छ ।

खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । त्रिभुवन विश्वविद्यालमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् ।

स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा हुने यस कार्यक्रममा त्रिविका सम्पूर्ण आङ्गिक तथा सम्बधनप्राप्त क्याम्पसमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षा संकायमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।

विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक अर्यालले बताए । डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप