मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

शनिबार, ३१ साउन २०७७, २० : ३३
शनिबार, ३१ साउन २०७७

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । 

महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । 

धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो । शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए ।

अहिले त्यहाँका  स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।

शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।

नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप