शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

शनिबार, ३१ साउन २०७७, १८ : ५९
शनिबार, ३१ साउन २०७७

वीरगन्ज  । वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका  अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको  शनिवार बिहान करिब ७ बजे मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । 

प्रयोशगशालाबाट  शनिवार दिउसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप