शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा एक सशस्त्र प्रहरी जवानमा कोरोना देखियो

शनिबार, ३१ साउन २०७७, १८ : ०४
शनिबार, ३१ साउन २०७७

ओखलढुंगामा सशस्त्र प्रहरीका एक जना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । २ साता अघि सप्तरीबाट सशस्त्र प्रहरी वल ओखलढुंगामा सरुवा भएर आएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा सरुवा भएर आएका ७ जना प्रहरी जवान मध्ये उनीचाहिँ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले आफ्नो एफएमलाई जानकारी दिए ।

जिल्ला प्रवेश गरेका उनीहरुलाई सिधै ओखलढुंगा क्याम्पस भवनको क्वरेन्टीनमा लगेर राखिएको थियो । संक्रमित प्रहरी जवानसंगै गत साउन २४ गते थप १ सय ११ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परिक्षणमा पठाईएकोमा शनिबार आज १ सय ५ जनाको मात्रै रिपोर्ट आएको छ । जसमा एकजना प्रहरीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।  अन्य ६ जनाको भने रिपोर्ट आउन बाकीँ छ ।

जिल्लाको हर्कपुर होल्डीङ सेन्टर,मानेभज्याङ गाउँपालिका र ओखलढुंगा क्याम्पस भवन तथा रुम्जाटारमा रहेको क्वरेन्टीनबाट ६ दिनअघि उनीहरुको स्वाब संकलन गरेर पक्षिणमा पठाइएको थियो । यसअघि जिल्लामा १५ भारतीय सहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । हाल उनीहरु सबैजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप