बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एक पुरुषको शव फेला

शनिबार, ३१ साउन २०७७, १७ : ०२
शनिबार, ३१ साउन २०७७

गुल्मी । गुल्मीको अर्जैमा एक पुरुषको शव फेला परेको छ ।  हिजो बिहान करिव १० बजेको समयमा खेतमा कुलो लगाउन घरबाट हिँडेका मालिका गाउँपालिका वडा नम्वर ६ अर्जै पौवाका ५० बर्षीय ईस्वरीप्रसाद अर्याल अजैवेसी फाँटको कुलोमा मृतावस्थामा फेला परेका हुन् । 

अहिले  सदरमुकाम तम्घासको जिल्ला अस्पतालको अर्यालेको शव पोष्मार्टम गरी पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी एवंम नेपाल कम्यु्निष्ट पार्टी (नेकपा ) का जिल्ला नेता शेषकान्त गौतमले कुलोमा शव फेला परेको तर कसरी मृत्यु भयो भन्ने कुरा खुल्न नसकेको बताए ।

 मुखमा सामान्य चोट रहेको तर शरीरका अन्य भागमा कुनै चोट पटक नलागेको मृतकका आफन्त शेषकन्त लम्साललले बताए । मृतककी श्रीमति , तीन छोरीहरु र ५ बर्षीय छोरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप