बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध बन्दुकसहित दुई पक्राउ

शनिबार, ३१ साउन २०७७, १५ : ५०
शनिबार, ३१ साउन २०७७

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ हुन् । 

मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप