भारतको सम्प्रभुतामाथि जसले आँखा लगाउँछ, त्यसैगरी जवाफ दिन्छौंः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई आत्मनिर्भर बनाउने बताएका छन् । ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा आफ्नो मन्तव्य राख्दै उनले देशलाई आत्मनिर्भर बनाउन कोरोना भाइरसलाई अवसरको रुपमा लिनुपर्ने कुरामा जोड दिए ।
देशलाई आत्मनिर्भर बनाउनका लागि विश्वका सबै देशसँग राम्रो सम्बन्ध बनाउनुपर्ने कुरामा जोड दिँदै उनले चाहे समुन्द्रसँग जोडिएको होस् या जमिनसँग जुनसुकै देशसँग सम्बन्ध विस्तार गर्ने बताए । उनले भने, ‘हाम्रो छिमेकी देशसँग चाहे जमिनसँग सीमा जोडिएको होस् या समुन्द्रसँग, हामीले आफ्नो सम्बन्धलाई अझै विश्वासका साथ जोडिरहेका छौं ।’
प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा शान्ति र स्थायित्वमा जोड दिए ।
उनले भने, भारत आफ्नो १३० करोड जनताको समर्थनमा ‘मेक फर वल्र्ड’ को दिशामा प्रगति गर्ने तागत राख्छ ।’ भारतको सम्प्रभुतामाथि जसले आँखा लगाउँछ, उसलाई त्यसैगरी जवाफ दिने पनि उनले चेतावनी दिए ।
आफ्नो सम्प्रभुताका भारत र सेनाले के गर्न सक्छ भन्ने लद्दाखमा देखाइ दिएको पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा