बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोमा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

शनिबार, ३१ साउन २०७७, १४ : २३
शनिबार, ३१ साउन २०७७

निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय  प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक  छन् । 

घरमाथिबाट खसेको पहिरोमा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।  मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रवेश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया  बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेको पहिरोले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप