शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फलामको ढोकाले किच्दा मृत्यु

शनिबार, ३१ साउन २०७७, १३ : ४४
शनिबार, ३१ साउन २०७७

बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल  रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । 

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला  शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप