उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज –वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च अदालतका खरिदार सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्घ पुरुष रहेका छन् ।
नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् ।
वीरगन्ज बसर्पाकमा रहेको हिमाल भान्सा घर होटलमा कार्यरत ३५ बर्षीय १ जना कर्मचारी, वीरगन्ज हेल्थ केयर अस्पतालका २ जना कर्मचारी, वयोधा अस्पतालको १ जना कर्मचारी र वयोधा अस्पतालमा रहेको खाजा घरका १ जना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ बर्षका उप प्रबन्धक समेत संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरका २३ बर्षका १ जना पुरुष रहेका छन् ।
त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको जितपुरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकका २८ बर्षका १ जना कर्मचारी रहेका छन् । बारा जिल्ला कलैया वडा नम्बर १२ का ४१ वर्षीय महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।
साउन २६ गते देखि ३० गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २३ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन