मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पको डसाइबाट महिलाको मृत्यु

शुक्रबार, ३० साउन २०७७, २२ : १५
शुक्रबार, ३० साउन २०७७

डोटी । विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन् ।  उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप