
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आइएमईमा फर्केका हुन् ।
सञ्चालक समितिको निर्णयसँगै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकमा मर्जरलाई उचाइमा पुर्याउने काम बज्राचार्यले नै गरेको भन्दै अब बिग मर्जरको सिनर्जी ल्याउन उनलाई फेरि भित्र्याइएको बताए ।
यसअघि, ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको सवैभन्दा ठूलो बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिएपछि ग्लोबल आइएमई बैंकको सिइओ पद रिक्त थियो । बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालले कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बैंङ्किङ क्षेत्रमा ४० वर्ष लामो अनुभव भएका बज्राचार्य सनराइज बैंक अगाडी ग्लोबल आइएमई बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्य वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ