बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयले दिए बाढी पीडितलाई एक करोड

शुक्रबार, ३० साउन २०७७, १८ : २२
शुक्रबार, ३० साउन २०७७

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले बिहार र असमका बाढी पीडितका लागि एक करोड (भारतीय रुपैया) सहयोग दिने भएका छन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् ।

अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्डमा छन् । उनले दुबै राज्यका मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पीएम राहत कोषमा दिने बताएका छन् ।  आपतविपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन । देशमा संकट परेको समय अक्षय हमेसा मद्दतका लागि अगाडी देखिँदै आएका छन् ।

संसारभर आतंक मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौंपटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप