केन्द्रीय संस्करण
कोरोनाभाइरस

काठमाडौँसहित चार जिल्लामा एकै दिन थपिए ५० भन्दा बढी संक्रमित (कुन जिल्लामा कति ?)

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

राजधानी काठमाडौँसहित चार जिल्लामा ५० जनाभन्दा बढी संक्रमित थपिएका छन् । यसरी ५० भन्दा बढी संक्रमित थपिएका जिल्लाहरुमा धनुषा, मोरङ, पर्सा र काठमाडौँ रहेका छन् ।

जिल्ला अनुसार धनुषामा ५५, मोरङ ६३, सुनसरी २४, सप्तरी १४, झापा ९, सिरहा ३, महोत्तरी २४ , सर्लाही १४, सिन्धुली ११, सिन्धुपाल्चोक १, रौतहट ५ , उदयपुर १, बारा २४ , पर्सा ७१, भक्तपुर ६, काठमाडौँ ८३, ललितपुर ३०, नुवाकोट १, बाजुरा १, चितवन १४ , धादिङ १, हुम्ला १, कैलाली ४, मकवानपुर १८, रुपन्देही १४, नवलपरासी पूर्व २, तनहुँ २२ , दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, बाँके २२, बर्दिया ५, सुर्खेत २१, कपिलवस्तु ५, अछाम ६, कैलाली ५, कञ्चनपुर २, सल्यान १, दैलेख ३ र बझाङमा १ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। 

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ  ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.