बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयपछि पुनः हसाउँदै छन् सुनिल ग्रोवर, सेयर गरे नयाँ कार्यक्रमको प्रोमो

शुक्रबार, ३० साउन २०७७, १६ : २३
शुक्रबार, ३० साउन २०७७

हास्यकलाकार सुनिल ग्रोवरको ठट्टा मन नपर्ने सायदै कोही होलान् । उनी एक कलाकारमात्रै नभई एक यस्ता पात्र हुन् जो हरेक पटक दर्शकको अनुहारमा मुस्कान ल्याउन सफल हुन्छन् । लामो समयदेखि सानो पर्दाबाट टाढा भएका सुनिल ग्रोवर एकपटक पुनः आफ्ना दर्शकलाई हँसाउन तयार छन् । सुनिल चाँडै नै नयाँ कार्यक्रममा देखिने भएका छन् ।

स्टार भारतमा ग्याङ्ग्स अफ फिल्मिस्तान नामको नयाँ कार्यक्रम सुरु हुँदैछ । कार्यक्रममा सुनिल ग्रोवरसँग शिल्पा शिन्दे, सुगन्धा मिश्रा, सिद्धार्थ सागर, उपासना सिंह र जतिन सुरीजस्ता कलाकार देखिनेछन् । शोको पहिलो प्रोमो रिलिज भइसकेको छ । प्रोमोमा देखिए अनुसार यसपटक सुनिल ग्रोवर निकै भिन्न अन्दाजमा देखिएका छन् । उनी एक डनको भूमिकामा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप