केदार घिमिरे ‘माग्ने बुढा’ ले भने- ‘कृपया मेरो घरतिर नआउनुहोला, भेट्न परे मै त्यता आउँला’

काठमाडौं । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । जसका कारण सबै मानिस त्रसित छन् । कोरोनाको कहरका कारण फिल्म क्षेत्र पनि लामो समयदेखि बन्द छ । लकडाउन अवधिभर काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, अहिले संक्रमितको संख्या उच्च देखिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब एकसय पुगिसकेको छ । कोरोनाबाट बच्नका लागि चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् । यस्तैमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाँस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उक्त आग्रह गरेका हुन् ।
उनले लेखेका छन्– ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’ घिमिरेको यो पोष्टलाई धेरैले शेयर र लाइक समेत गरेका छन् । घिमिरे अचेल अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्किदैनन् । त्यसैले उनले फेसबुकमै सूचना जारी गरेर आफूलाई भेट्न घरमा नआउन आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहरजन्य वस्तुबाट आम्दानी गर्दै व्यास नगरपालिका
-
गोबर र गहुँतबाट आम्दानी
-
जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर