शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केदार घिमिरे ‘माग्ने बुढा’ ले भने- ‘कृपया मेरो घरतिर नआउनुहोला, भेट्न परे मै त्यता आउँला’

शुक्रबार, ३० साउन २०७७, १६ : १३
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । जसका कारण सबै मानिस त्रसित छन् । कोरोनाको कहरका कारण फिल्म क्षेत्र पनि लामो समयदेखि बन्द छ । लकडाउन अवधिभर काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, अहिले संक्रमितको संख्या उच्च देखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब एकसय पुगिसकेको छ । कोरोनाबाट बच्नका लागि चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् । यस्तैमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाँस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उक्त आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’  घिमिरेको यो पोष्टलाई धेरैले शेयर र लाइक समेत गरेका छन् ।  घिमिरे अचेल अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्किदैनन् । त्यसैले उनले फेसबुकमै सूचना जारी गरेर आफूलाई भेट्न घरमा नआउन आग्रह गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप