बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको विमान दुर्घटनाको उद्धारकार्यमा संलग्न २२ अधिकारी कोरोना पोजेटिभ

शुक्रबार, ३० साउन २०७७, १६ : १०
शुक्रबार, ३० साउन २०७७

भारतको केरल विमान दुर्घटनाको उद्धारकार्यमा समावेश २२ जना अधिकारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसमा कलेक्टरदेखि स्थानीय अधिकारी समावेश छन् । भारतीय मिडियाका अनुसार यो जानकारी मलाप्पुरमको स्वास्थ्य अधिकारीले दिएका हुन् ।

उक्त विमान दुर्घटना ७ अगस्टमा कोझिकोड एयरपोर्टमा भएको थियो । विमान रनवेबाट चिप्लिएपछि ३५ फिट गहिरो खाल्डोमा खसेको थियो र दुई टुक्रा भएको थियो । यसमा १८ जनाको मृत्यु भएको थियो भने १ सय ४९ यात्री घाइते भएका थिए ।

दुर्घटनामा मारिएका एक यात्रीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उद्धारकार्यमा संलग्न सिआईएसएफका जवान, स्थानीय र अधिकारीलाई क्वारेन्टिनमा बस्न भनिएको थियो । केरलकी स्वास्थ्यमन्त्री केके शैलजाले भनेकी थिइन्, ‘उद्धारकार्यमा समावेश सबै मानिसहरुलाई होम आइसोलेशनमा बस्नुपर्छ । राज्य सरकारले उनीहरुको कोभिड परीक्षण गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप