पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, ३० साउन २०७७, १६ : ०७
काठमाडौँ । मन्त्रीपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विज्ञान देव पाण्डेलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी विज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।