केन्द्रीय संस्करण

सिन्धुपाल्चोक पहिरोमा परी वेपत्ता भएकाको खोजी र उद्दारमा जुट्न प्रचण्डको आव्हान

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिरोबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा भएको जनधनको क्षतिले आफुलाई स्तब्ध बनाएको बताएका छन् ।  शुक्रबार बिहान जुगल गाउँपालिका लिदीमा १३ घर पुरिँदा ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफुलाई मलाई स्तब्ध बनाएको प्रचण्डले बताएका हुन् । 

शुक्रबार समवेदना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आव्हान पनि गरेका छन् । 
‘पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डद्धारा जारी गरेको समवेदना पत्रमा भनिएको छ ।

त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ र तथा मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । ‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ प्रचण्डले पीडितहरुमा समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डले बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सरकारलाई अपिल समेत गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.