बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ

शुक्रबार, ३० साउन २०७७, १५ : २८
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ । व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा खड्कालाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप