बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवल पाल्पा सडक फेरि अवरुद्ध

शुक्रबार, ३० साउन २०७७, १५ : ०८
शुक्रबार, ३० साउन २०७७

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक  पहिरोका कारण फेरि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर नजिकै गएको पहिरोले दिउँसो साढे १ बजेपछि अवरुद्ध भएको छ । गएरातीदेखी अवरुद्ध सडक बिहान सुचारु भएपनि फेरि पहिरोले दिउसोबाट अवरुद्ध हुन पुगेको हो ।

प्रहरीले पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको जनाएको छ । पहिरो हटाउन कति समय लाग्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप