शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

शुक्रबार, ३० साउन २०७७, १३ : ४६
शुक्रबार, ३० साउन २०७७

गुल्मी । गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । 

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए । पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए । 

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उहाँको बारीको तरकारीको बिरुवामा क्षति पु¥याइएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप