शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवस मनाइयो

शुक्रबार, ३० साउन २०७७, १२ : ५८
शुक्रबार, ३० साउन २०७७

पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ ।  ।  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र निर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गर्नुभएको योगदानको स्मरण गरे ।

त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप