शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

शुक्रबार, ३० साउन २०७७, १२ : ४८
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप