शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

शुक्रबार, ३० साउन २०७७, १२ : ५२
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । नेपाल रेमिट इन्टर्नेशनलले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविध दिन सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमार्पmत तोकिएको समय सीमामा माध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु  गर्न सकिनेछ । 

यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।   

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल  उपलब्ध कनेक्ट आइपीएस ई–पेमेन्ट र एनसीएचएल–आइपीएसको सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप