समुदायस्तरमा कोरोना परीक्षण गरिने
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ ।
बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिने तयारी भएको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।
उनले भने, “पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएकाले हामीले बढी भीड हुने कार्यालय तथा सुरक्षाकर्मीको पिसिआर परीक्षण गर्ने तयारी गरेका छौँ, चाँडै नै सबैको कोरोना परीक्षण हुन्छ ।” भारतबाट रोजगारी गरी जिल्ला फर्किएका कम्तीमा पनि ५९० को कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । जिल्लामा कोरोना परीक्षणका लागि कम्तीमा पनि सात हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ ।
भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको कोरोना सम्पर्क व्यक्ति विष्टले बताए ।
समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता