शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा कोरोनाका कारण एक पुरुषको मृत्यु

शुक्रबार, ३० साउन २०७७, ०८ : २८
शुक्रबार, ३० साउन २०७७

कोरोना (कोभिड १९) का कारण सिरहमा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउपालिका – १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा बिहिबार राती मृत्यु भएको हो ।

ज्वरो, टाइफाईड र स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि बुधबार विराटनगर लगिएको थियो ।
 घरमै उपचार गराइरहेका उनलाई असहज महसुस हुन थालेपछि  विराटनगरस्थित कोशी  अस्पताल लगिएको परिवारले बताएको छ ।

विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार गरिएको र उनको मृत्युपश्चात स्वावको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । मृतको शव सिरहा ल्याउने प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।
सिंहको मृत्युपछि विष्णुपुरमा शुक्रबार बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका आएका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादवले जानकारी दिए ।

गत साउन २ गते आमाको निधन भएपछि उनी अमाको क्रिया बसेका थिए  ।
योसहित कोभिड १९ का कारण सिरहमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप