मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिकोलाई स्तब्ध बनाउँदै लेइपजीग सेमिफाइनलमा

शुक्रबार, ३० साउन २०७७, ०७ : ३०
शुक्रबार, ३० साउन २०७७

स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापना भएको ११ वर्षमा नै टोली युरोपको सर्वोच्च प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ड्यानी ओल्मोले लेइपजीगलाई अग्रता दिलाए । तर, जोआ फेलिक्सले पेनाल्टीबाट खेल बराबरी गरे पनि खेल सकिन २ मिनेट बाँकी छँदा टाइलर एडम्सले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।

नकआउट चरणमा एथ्लेटिको कुनै जर्मन टोलीसँग पराजित भएको यो पहिलो अवसर हो । यसअघि एथ्लेटिकोले बायर लेभरक्युजन र बायर्न म्युनिखलाई हराउन सफल भएको थियो ।

अब लेइपजीगले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप