शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा सुनौलो कछुवा फेला

शुक्रबार, ३० साउन २०७७, ०६ : २२
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ – नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।

 सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ ।

सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप