मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा बम विस्फोट, ४ सर्वसाधारणको मृत्यु, ६ जना घाइते

बिहीबार, २९ साउन २०७७, १९ : ४७
बिहीबार, २९ साउन २०७७

एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।  सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो ।  सो बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । 

तर यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप