सरकार घरघरमा पुगेर सेवा दिइरहेको छः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताएका छन् । झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्तर्गत निर्मित सडकको आज उद्घाटन गर्दै सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नपर्ने जिकिर गरे ।
अर्जुनधारा – ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ । त्यस्तै मुख्य मन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर) को समेत उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई