शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हायात होटल ट्राभल च्वाइस अवार्डबाट सम्मानित

बिहीबार, २९ साउन २०७७, १८ : ११
बिहीबार, २९ साउन २०७७

काठमाडौं । हायात रिजेन्सी होटल काठमाडौं अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । विश्वकै सबैभन्दा ठूलो ट्राभल प्लेटफर्मको रुपमा रहेको ट्रिप एड्भाइजरले हायातलाई १८ औं ट्राभल च्वाइस अवार्डबाट प्रदान गर्ने घोषणा गरेको हो । सो अवार्ड पर्यटन र हस्पिटालिटी क्षेत्रको पुनरुत्थानका लागि गरेको सहयोगको प्रयासस्वरुप प्रदान गरिएको समेत जनाइएको छ ।

ट्रिप एड्भाइजरको प्लेटफर्ममा महामारीका सन्दर्भमा आएका विचार, दृष्टिकोण र रेटिङलाई आधार बनाएर तय गरिएको हो । सो प्लेटफर्ममा ८७ लाख पर्यटन र भ्रमणसम्बद्व व्यवसायिक संस्था दर्ता भएका छन् । यो अवार्ड सेवा र गुणस्तरको एउटा उपयुक्त परीक्षण भएको दाबी समेत आयोजकले गरेको छ ।

यसअघि पनि हायातले यस्तो अवार्ड जित्दै आएको थियो । सन् २०१८ र  २०१९ मा हायातले हल अफ फ्रेम अवार्ड, सन् २०१७ मा ट्राभलर्स च्पाइस अवार्ड तथा सन् २०१६ मा सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड समेत प्राप्त गरेको थियो ।

‘व्यवस्थापन र सहकर्मी साथीहरु, म तपाइहरुप्रति गर्व र सम्मान गर्दछु कि हायात रिजेन्सी काठमाडौं यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । यद्यपि यो महामारीको कारण समग्र पर्यटन उद्योगका लागि चुनौतीपूर्ण भएको छ, हामी हाम्रा पाहुनाहरुलाई उत्तम प्रदान गर्ने प्रतिज्ञा गर्दछौं’ अवार्ड हासिल गरेपछि आफ्ना व्यवस्थापन र सहकर्मीलाई सम्बोधन गर्दै हायात रिजेन्सी होटल काठमाडौंका महाप्रबन्धक राजेश रामदसले भने ।  

काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको हायात रिजेन्सी होटल २८० रुम र बँगैचासहित फैलिएको पाँचतारे डिलक्स होटल हो  । यहाँबाछ बौद्धनाथ स्तुपा र हिमालय पर्वतको दृश्यावलोकन गर्न समेत सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप