शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ

बिहीबार, २९ साउन २०७७, १७ : २३
बिहीबार, २९ साउन २०७७

करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
मगरले उक्त रुपैयाँ बराबरको डेढ  तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्धाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
मगरलाई आवश्यक कारवाहीको  लागि  महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप