केन्द्रीय संस्करण

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline0

जनकपुर । कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ धनुषाकी थप एक महिलाको मृत्यु भएको हो ।  बर्दिबासस्थित एक निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना भएपछि कोरोना महिलामा संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको बिहिबार मृत्यु भएको हो ।  करिब एक साता पहिले ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो।  मृतक महिलाको शव धरानबाट गृहनगर ल्याई मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।  योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.