शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २९ साउन २०७७, १६ : ३०
बिहीबार, २९ साउन २०७७

बितेको २४ घण्टामा देशभर थप  ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।पछिल्लो अध्यावधिक विवरणअनुसार  १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । 

हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप