शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको प्रतिष्ठित सञ्चारगृह ट्रिब्युनले ५ वटा समाचार कक्ष बन्द गर्ने

बिहीबार, २९ साउन २०७७, १५ : ५३
बिहीबार, २९ साउन २०७७

वासिङ्टन । अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँचवटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँचवटा अखबारको प्रकाशन बन्द हुनेछ । 

तर कोरोनाभाइरसका कारण घरबाटै काम गरिरहेका भन्दै फ्लोरिडाको ओर्लान्डो सेन्टिनेल, पेन्सिलभेनियाका दी मर्निङ कल र मेरिल्यान्डको क्यारोल काउन्टी टाइम्सको प्रकाशन भने यथावत रहने छ । यी अखबारका कामदारलाई कम्तीमा जनवरी २०२१ सम्म घरबाटै काम गर्न भनिएको छ ।  सिकागो मुख्यालय रहेको कम्पनीका प्रवक्ता म्याक्स राइन्स्डोर्फले परिस्थितिमा सुधार आएमा सोही बमोजिम निर्णय हुने जानकारी दिए  । 

कुनै समय देशकै सर्वाधिक बढी बिक्री हुने डेली न्यूज अखबारमा केही वर्षदेखि नै आर्थिक संकट देखापरेको थियो । पछि यो अखबार ट्रिब्युन पब्लिसिङ कम्पनीलाई सन् २०१७ मा अखबारका संस्थापक मोर्टिमर जुकरम्यानले बिक्री गरेका थिए । ट्रिब्युनले डेली न्यूज खरिद गरेसँगै आधा कर्मचारी कटौती गरिदिएको थियो । 

यस अखबारको न्यूयोर्क प्लाजामा रहेका कार्यालयहरु बुधबारदेखि औपचारिक रुपमा बन्द हुँदैछन् । कर्मचारीलाई आफूसँग रहेका सबै सामान कम्पनीलाई हस्तान्तरण गर्न अक्टोबर ३० सम्मको समयावधि दिइएको छ ।  ट्रिब्युनले हाल सिकागो ट्रिब्युन, दी बाल्टिमोर सन, भर्जिनियाको डेली प्रेस र दी भर्जिनियन–पाइलट तथा हार्टफोर्ड कुरान्ट प्रकाशन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप