ओली-प्रचण्ड चार घण्टा वार्ता, समाधानउन्मुख कोणबाट छलफलको सुरुवात
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । बिहीबार बिहन लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफल भएको हो ।
सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।
‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ सापकोटाले रातोपाटीलाई जानकारी दिए । यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए ।
बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए । उनीहरु कहिले छुट्टै त कहिले दुई नेताबीचको कुराकानीमा पनि सहभागी भएको प्रधानमन्त्री ओलीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए । यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए । उनले आजैबाट काउन्टडाउन सुरु हुने समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ