बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन ६६,९९९ कोरोना संक्रमित भेटिए, ९४२ को मृत्यु

बिहीबार, २९ साउन २०७७, १३ : ५८
बिहीबार, २९ साउन २०७७

भारतमा एकैदिन ६६ हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ९ सय बढीको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने ९ सय ४२ को कोरोनाका कारण ज्यान गएको छ ।

मन्त्रालयले भारतमा कोरोना संक्रमितको कूल संख्या २३ लाख ९६ हजारभन्दा बढी भइसकेको बताएको छ ।

तीमध्ये ६ लाख ५३ हजार ६ सय २२ सक्रिय संक्रमित रहेका छन्, १६ लाख ९५ हजारभन्दा बढीले अस्पतालबाट छुट्टी पाइसकेका छन् र ४७ हजार ३३ व्यक्तिको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

भारतमा १२ अगस्टसम्म दुई करोड ६८ लाखभन्दा बढीको कोरोना परीक्षण गरिसकिएको दाबी गरिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप