शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राममन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना, अक्सिजन सिलिन्डर मगाइयो

बिहीबार, २९ साउन २०७७, १३ : ५५
बिहीबार, २९ साउन २०७७

एजेन्सी । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए ।  बिहीबार बिहान अचानक उनको अवस्था बिग्रियो । जाँच गर्दा कोरोना पोजेटिभ देखियो ।

उनी मंगलबारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । उनका शिष्य धमेन्द्र दासका अनुसार सास लिनमा अफ्टेरो भएपछि अक्सिजन सिलिन्डर पनि मगाइएको छ । औषधी सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको धमेन्द्र दासले बताए । 

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फोनमार्फत महन्थको स्वास्थ अवस्थाबारे बुझेका छन् । योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेर महन्थलाई मेदन्ता अस्पतालमा भर्ना गर्न भनेका छन् । 

श्रीकृष्ण जन्मभूमी न्यासका पनि अध्यक्ष

महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यष हुन् । कृष्ण जन्माष्टमीमा बुधबार राती श्रीकृष्ण जन्मस्थानमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए । उनी हरेक वर्ष यस कार्यक्रममा सहभागी हुन्छन् । यसपटक अयोध्याबाट पवित्र सरयू जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप