शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालकलाई भन्यो – भदौ १६ देखि हुने उडान तालिका संशोधन गरेर पठाऊ

बिहीबार, २९ साउन २०७७, १३ : २९
बिहीबार, २९ साउन २०७७

नागरिक उड्डयन प्राधिकरणले (क्यान) वायुसेवा सञ्चालकलाइ भदौ १६ गतेबाट हुने आन्तरिक तथा बाह्य उडानको तालिका संशोधन गरेर पठाउन भनेको छ । यसअघि भदौ १ गतेबाट उडान गर्ने भनिएकाले सोही बमोजिम बायुसेवा सञ्चालकहरुले उडान तालिका क्यानलाई पठाएका थिए । कोरोनाको महामारी बढ्दै गएपछि मन्त्रिपरिषदको निर्णयले भदौ १ गतेबाट खोल्ने भनेको उडान स्थगित गरेको छ । पहिला पठाएको तालिकालाई अब वायुसेवा सञ्चालकहरुले संशोधन गरेर क्यानमा पठाउनुपर्नेछ ।

हिजो मात्र नेपाल वायसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्ने एकमात्र औजार यात्रा भएको र सबैभन्दा सुरक्षित यातायात हवाइ भएकाले सरकारले उडान खोल्न ढिलाइ गर्न नहुने बताएको थियो ।सबै तयारी पुरा गरेर भदौ १ गतेदेखि उडानको प्रतिक्षामा रहेका वायुसेवा सञ्चालकहरु सरकारको पछिल्लो निर्णयले रुष्ट छन् । संसारभर नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु तोकिएको स्वास्थ्य मापदण्ड अपनाउँदै  उडान भइरहेकाले नेपाल सरकारले पनि सोहीअनुसार निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप