‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ रिलिज लगतै विवादमा
मुम्बई । अभिनेत्री जाह्नवी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेना: द कारगिल गर्ल’ रिलिज लगतै विवादमा परेको छ । फिल्ममा वायुसेनालाई गलत तरिकाले देखाइएको भन्दै भारतीय वायु सेनाले आपत्ति प्रकट गर्दै फिल्मका विरुद्ध कारवाहीको माग गरेको छ ।
भारतीय वायुसेनाले सेन्सर बोर्डलाई एकपत्र लेख्दै फिल्ममा रहेका केही दृश्य सम्पादनको माग समेत गरेको छ । १२ अगस्ट अर्थात बुधबार ओटीटी प्लेटफर्मबाट रिलिज फिल्म भारतीय वायुसेनाको लडाकु पाइलट गुन्जन सक्सेनाको जीवनमा आधारित रहेर निर्माण भएको हो । फिल्ममा जाह्नवी कपुरले गुन्जनको भूमिका निर्वाह गरेकी छन् ।
पहिले यो फिल्म मार्चबाट चलचित्र घरमा रिलिज हुने र बताइएको थियो । तकोरोनाको कारण फिल्म रिलिज डेट परिवर्तन भएर डिजिटल प्लेटफर्म मार्फत रिलिज भएको हो । जाह्नवी कपूरका साथै पंकज त्रिपाठी, अंगद बेदी, विनीत कुमार सिंह लगायतका कलाकाको अभिनय रहेको फिल्म शरण शर्माले निर्देशन गरेका हुन् । गुन्जनले भारत र पाकिस्तान बिच १९९९ भएको कारगिल युद्धमा आफ्नो बहादुरी देखाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला