शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासंघलाई क्यानले भन्यो, जिम्मेवारी पाए अनलाइनबाट साधारणसभा गरिदिन्छौँ

बिहीबार, २९ साउन २०७७, १२ : ४४
बिहीबार, २९ साउन २०७७

काठमाडौं । कम्युटर एशोसिएसन नेपाल महासंघले नेपाल उद्योग वाणिज्य महासंघलाई अनलाइनबाटै साधारणसभा र चुनाव गर्न सुझाव दिएको छ । सूचना प्रविधि क्षेत्रको आधिकारिक संस्थाको रुपमा रहेको क्यान महासंघले बुधबार नेपाल उद्योग वाणिज्य महासंघलाई पत्र लेख्दै कोभिड–१९ को असहज परिस्थितिमा भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्थामा अनलाइन वा डिजिटल माध्यमबाट हुने साधारणसभा नै एकमात्रै विकल्प भएको समेत जनाएको हो ।

महासंघका अध्यक्ष नवराज कुँवरले साधारणसभासँगै निर्वाचन पनि जोडिएकोले अनलाइन भोटिङबाट यसको व्यवस्थापन गर्नसक्ने जनाउँदै क्यान यही क्षेत्रको संस्था र नेपाल उद्योग वाणिज्य महासंघको सदस्य समेत रहेको अवस्थामा जिम्मेवारी पाएमा क्यानले सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी लिन तयार समेत रहेको भन्दै महासंघलाई पत्र लेखेका हुन् ।

अध्यक्ष कुँवरले अहिलेको अवस्थामा इन्टरनेट पहुँच भएका जोकोहीले पनि डिजिटल सिनेचरको प्रयोगबाट अनलाइन भोटिङ र अनलाइन साधारणसभा गर्न सकिने अवस्था रहेको भन्दै त्यसका लागि विश्वास र पूर्वाधार लगानीको आवश्यकता मात्रै रहेको बताए । ‘जिम्मेवारी दिने हो भने हामीले गर्न सक्छौँ भनेका हौँ, अरु विकसित देशहरुमा सम्भव हुने, हामीकहाँ नहुने भन्ने प्रश्नै उठ्दैन, जहाँसम्म सुरक्षा र विश्वसनीयताको सवाल छ, कतिपय कुरालाई सुरक्षित बनाउन सकिन्छ, कतिपय कुरालाई विश्वस गर्नुपर्ने अवस्था पनि हुन्छ ।’

कोभिड–१९ का कारण गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा २ पटकसम्म स्थगित भएको छ । पछिल्लो समय साउन २६ र २७ का लागि तोकिएको साधारणसभा स्थगित भएसँगै यो अनिश्चित बनेको छ । अहिले कोभिडको महामारी फैलिँदै जाँदा यो झनै अनिश्चित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप