शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केयुकेएल सिईओमा शाक्य, प्रधानमन्त्रीको हस्तक्षेपबाट मन्त्री ‘असन्तुष्ट’

बिहीबार, २९ साउन २०७७, १२ : ३८
बिहीबार, २९ साउन २०७७

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको (केयूकेएल) प्रमुख कार्यकारी अधिकृतमा अन्ततः मिलनकुमार शाक्यले बाजी मारेका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई बुधबार (साउन २८) गते सिइओ बनाउने निर्णय गरेको हो । केयुकेएलका महेश भट्टराईको कार्यकाल सकिएपछि उनले नै भट्टराईको ठाउँमा रहेर काम गरेका थिए । मन्त्री मगरले उनैलाई सिइओ नियुक्त गरेकी छन् । यसअघि शाक्य केयुकेयलका प्रवक्ता समेत रहेका थिए ।

२०७६ चैत १८ गते सिइओ पदका लागि सूचना प्रकाशित गरिएको थियो । त्यसमा आवेदन दिनेमध्ये अर्जुनबाबु ढकाल, डोल कुमार चापागाइ र मिलनकुमार शाक्य सर्टलिस्टमा परेका थिए । खानेपानी मन्त्री बिना मगरले ढकाललाई सिइओ बनाउने आश्वासन दिएकी थिइन् । स्रोतका अनुसार मिलन कुमार शाक्यलाई प्रधानमन्त्रीले हस्तक्षेप गरेर सिइओ बनाइएको भन्दै मन्त्री मगर रुष्ट बनेकी छन् । मन्त्री मगरले नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले हस्तक्षेप गरेर शाक्यलाई सिइओ बनाएको ब्रिफिङ गरेकी, स्रोतको दाबी छ  ।

तर, यता अर्को समुह भने मन्त्री मगरको रुची नभइ मिलन शाक्य सिइओ बन्न नसक्ने बताउँछन् । उनले ढकाललाई आश्वासन दिएकीले देखाउनका लागि मात्र प्रधामन्त्रीले हस्तक्षेप गरेको भनेर उम्कन खोजेको आरोप छ । 

हालका सिइओ शाक्य केयुकेएलमा ११ औँ तहमा थिए । मन्त्री मगरबाट आश्वासन पाएका अर्जुनबाबु ढकाल ढल महाशाखाका प्रमुख हुन् । उनी १० औँ तहका हुन् । उनी खानेपानी संस्थानका जिएम भइसकेका व्यक्ति हुन् ।

सिईओकै दौडमा रहेका अर्का डोलप्रसाद प्रसाद चापागाईं नवौँ तहका हुन् । ललितपुर शाखाका कार्यालय प्रमुख हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप