बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डबीच तोडियो संवादहिनता, १० दिनमा पहिलो भेटवार्ता

बिहीबार, २९ साउन २०७७, १२ : ०९
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको संवादहिनता तोडिएको छ । उनीहरुबीच १० दिनमा बिहीबार भेटवार्ता भएपछि संवादहिनता तोडिएको हो । यसअघि गत मंगलबार ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

ओली प्रचण्डबीच बिहीबार बिहान सवा ११ बजेबाट बालुवाटारमा भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने बताएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप