कमेडीमा च्याम्पियन हिमेशले पाए कार
काठमाडौं । कमेडीमा आधारित नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले उपहारस्वरुप कार प्राप्त गरेका छन् । गतवर्षको अन्त्यतिर आयोजित अन्तिम स्पर्धामा उनी प्रतिस्पर्धी प्रतियोगी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए ।
विजेता भएको करिब ६ महिना पछि पन्तले कार उपहार पाएका हुन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् ।
उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ ।
यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि सुरु हुँदैछ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् ।
कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण