केन्द्रीय संस्करण

बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline0

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिका देखि ६२ वर्षका रहेका छन् ।
 
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बुधबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका १ जना र पर्सा जिल्लाका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकास्थित रेलवे माध्यमिक विद्यालय र त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । रेलवेको कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् भने त्रिजुद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितहरु वीरगन्ज महानगरपालिका वडा नं. ९ को रानीघाट र श्रीपुर, वडा नं. १०को घडीअर्वा पोखरी, वडा नं. ११ को पानिटंकी, वडा नं. ६ को माइस्थानका रहेका छन् ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका वडा नं. १ का एक जनापनि सङ्क्रमित भएको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन २१ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.